Skip to main content

ढोरेली सेवा समाज

ढोर क्षेत्र 

तनहुँ जिल्ला स्थित साबिकको ढोरफिर्दि, फिररिरे र राइपूर गा बि स हरु हालका शुक्लागण्डकी नगरपलिकाका वडाहरु ८, ९, १०, ११ र १२ लाई समेटेको भु-भाग लाई नेपाल एकिकरण पूर्व ढोर राज्‍य भनिन्‍थियो।

सान्ष्कृतिक्, प्राकृतिक यवम पर्यटकिय द्रष्टिकोण्बाट अत्यन्त महत्वपूर्ण यस क्षेत्र नै ढोरक्षेत्र हो। जैबिक बिबिधतता, सान्ष्कृतिक एबम प्राकृतिक सम्पदाले भरियको र मनोरम प्राकृतिक दृष्यहरु अबलोकन गर्न सकिने भयकोले यो क्षेत्रमा सहस्राब्दी पर्यटकपथ समेत परेको छ । यो पथ तनहुँको दुलेगौडाबाट सुरु भइ स्याङ्जा जिल्लाको मनकामना गएर टुङ्गिन्छ । उत्तरमा अन्नपूर्ण हिमाल संरक्षण क्षेत्र तथा दक्षिणमा चितवन राष्ट्रिय निकुञ्जलाई जोड्ने जैविक मार्गको करिब मध्यभागमा अवस्थित यो क्षेत्र क्याङ्दी, सुरौदी, र सेती गण्डकीले सिन्चित क्षेत्र हो । 

 

ढोरली सेवा समाज, काठमाडौं 

ढोर क्षेत्रबाट काठमाडौं आयर बिभिन्न पेशा व्यवसायमा आबद्द भइ स्थाइ आस्थाई रुपले रहदै आउनुभयका ढोरेलीहरुलाइ एकत्रित गरी गर्दै एक आपसमा चिन्जानी एबम आबाश्यक परेको बखतमा  सरसहयोगको वातावरण सृजना गर्ने उद्देशले यस ढोरली सेवा समाज बि स २०६४ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिधिवत रुपमा दर्ता गरि स्थापना गरियको हो । शिक्षा, स्वास्थ्य, संस्कृती यबम वातावरण संरक्षणको क्षेत्रमा सामाजिक कामहरू गर्दै आइरहेको यस संस्था एक नितान्त गैर नाफामुलक सामाजिक संस्था हो। 

बिधानत का म पा २६ मा कार्यलय रहेको यस संस्थाले बिशेषत काठमाडौं र तनहुँ लाई आफनो कार्यक्षेत्र बनायको छ । तथापी आफनो उद्देस्यसंग मेल खाने कुनै सामाजिक संघ संस्थाहरु संग सहकार्य गर्दै नेपाल भरी नै यसले आफना गतिविधीहरु सन्चलान गर्न सक्नेछ ।